• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

उत्तरी सेनेगलमा बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या बीस पुग्यो

  • एजेन्सि

उत्तरी सेनेगलमा बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या बीस पुग्यो

माघ ३, २०७९

 

उत्तरी सेनेगलमा सोमबार बस र ट्रकको ठक्करबाट २० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जना गम्भीर रहेका सरकारी प्रवक्ता अब्दु करिम फोफानाले जानकारी दिए ।

स्थानीय सञ्चारमाध्यमले यसअघि लुगाको प्रान्तको नगुउने सार सहरमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ रहेको बताएको थियो । पीडितहरूलाई लुगा र सेन्ट लुइसका अस्पतालहरूमा ल्याइएको फोफानाले बताउनु भएको छ । घाइतेहरुको उपचारका लागि सबै व्यवस्था मिलाइएको छ ।

सोमबार भएको यो दुर्घटना सेनेगलको केन्द्रीय काफ्रीन क्षेत्रमा अर्को ठूलो दुर्घटना भएको एक हप्तापछि भएको छ । गत जनवरी ८ मा दुईवटा बसहरू ठोक्किएपछि ४२ जनाको मृत्यु भएको थियो । त्यस त्रासदीको प्रतिक्रियास्वरूप सरकारले अन्तरमन्त्रालय बैठक बोलाएर सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न उपायहरू घोषणा गरेको थियो।

  • प्रकाशित मिति : माघ ३, २०७९, मंगलवार १४:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८