• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

माडीका चार खानेपानी आयोजनामा मापदण्डभन्दा बढी आइरन

  • खबरदाता

माडीका चार खानेपानी आयोजनामा मापदण्डभन्दा बढी आइरन

पुस २४,२०७९

 

माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकता भन्दाबढि आइरनको मात्रा देखिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परिक्षण प्रयोगशालाको टोलीले पानीको परीक्षण गर्दा आइरुनको मात्रा बढी पाएको हो । टोलीले पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो । डिप बोरिङबाट निकालेको पानीमा मापदण्डभन्दा बढी आइरन भेटिएको हो ।

 

गर्दी खानेपानी आयोजना, बघौडा खानेपानी आयोजना, कल्याणपुर खानेपानी आयोजना र खरकट्टा खानेपानी आयोजनामा धमिलोपना र आइरन देखिएको पानी प्रयोगशालाका केमिष्ट योगेन्द्र नारायण देवले बताए ।

 

‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले प्रतिलिटर खानेपानीमा बढिमा ०।३ एमजी आइरन हुनुपर्ने मापदण्ड छ’, उनले भने, ‘माडीका चारवटा आयोजनामा भने प्रतिलिटर ०।५ एमजी आइरन भेटिएको छ, जुन हानीकारक मानिन्छ ।’

थोरै मात्राको आइरनले स्वास्थ्यलाई ठिक गर्ने भएता पनि बढि मात्राले स्वास्थ्य लगाएतका विभिन्न कुरामा असर गर्ने देवले बताए । आइरन बढी हुँदा पानीको रङ परिवर्तन हुने, स्वाद परिवर्तन हुने, गन्ध आउने, नुहाउँदा कपाल झर्ने, सेतो कपडामा विस्तारै पहेँलो दाग बस्दै जाने हुन्छ ।
आयोजनाहरुले अहिले फिल्टर नै नगरी पानी वितरण गर्ने गरेकोले उक्त समस्या देखिएको हो । २०७२ सालको भुकम्पपछि प्राकृतिक पानीको गुणस्तर परिवर्तन भएको केमिष्ट देव बताउँछन् ।

  • प्रकाशित मिति : पुस २४, २०७९, आइतवार १०:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८