• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कालिका नगरपालिकामा पोषण कार्यक्रम

  • खबरदाता

कालिका नगरपालिकामा पोषण कार्यक्रम

पुस २१ ,२०७९

 

कालिका नगरपालिकाले चेपाङ् बालबालिकाका लागि पोषणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुने छ ।

प्रदेश सरकारको रु १६ लाख र पालिकाको रु चार लाखको बजेटमा कार्यक्रम गर्न लागिएको हो । अहिले पालिकाले स्थलगत तथ्याङ्क सङ्कलनको काम गरिरहेको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए । उनका अनुसार यस कार्यक्रम अन्तर्गत एक हजार सुनौला दिनमा गर्भवती र बच्चालाई लक्षित गरी कार्यक्रम अघि वढाउन लागिएको हो ।

आमा र बच्चा दुबैलाई पोषण, स्वास्थ्य र सरसफाइमा ध्यान दिइने छ । नगर प्रमुख रेग्मीले भने “यो बजेट बढाएर रु एक करोडसम्म पु¥याउनुपर्छ ।” यस कार्यक्रमलाई आयआर्जनसँग समेत जोड्नु पर्ने उनको भनाइ छ । चेपाङ बालबालिकामा अहिले स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेसँगै यो कार्यक्रम ल्याइएको उनले जानकारी दिए । बालबालिकामा कुपोषणको समस्या समस्या देखिने गरेको छ । बच्चा होचा, पुड्का हुने गरेका छन् ।

चेपाङ् समुदायमा धेरै कमको मात्र आफ्नो उत्पादनले वर्ष दिनपुग्छ । अधिकांशको उत्पादनले ६ महिना पु¥याउन मुस्किल हुन्छ । मेलापातसँगै वनका कन्दमूल गिठ्ठा भ्याकुरले जीवन गुजार्नुपर्ने बाध्यता रहेको नगर प्रमुख रेग्मी बताए। रासस

  • प्रकाशित मिति : पुस २१, २०७९, बिहीवार १२:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८