• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एक जेसिबि सहित ६ वटा टिपर नियन्त्रणमा

  • खबरदाता

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एक जेसिबि सहित ६ वटा टिपर नियन्त्रणमा

पुस १९,२०७९

 

चितवन – अबैध तरिकाले नदिजन्य पदार्थ उत्खनन गर्ने एक जेसिबि सहित ६ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन प्रहरीका अनुसार मंगलबार बिहान ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय खैरहनीले खैरहनी नगरपालिका वडा नम्बर ३ बाट बा १ क ६०३६ नम्बरको जेसिबि र ग २ ख ९३४ , ना ८ ख २९३४ , ना ७ ख २६७३ ,ना ८ ख ६२७१ नम्बरको टिपरलाई नियन्त्रणमा लिई आवस्यक कारवाहिको लागि खैरहनी नगरपालिकाको कार्यालय पठाईएको छ ।

यस्तै मंगलबारनै ईलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका ३ बाट पनि अबैध उत्खनन गर्दै गरेको अबस्थामा ना ८ ख १४९४ ,ना ८ ख ५९५३ नम्बरको टिपरलाई नियन्त्रणमा लिई आवस्यक कारवाहिको लागि रत्ननगर नगरपालिका पठाईएको जनाएको छ ।

  • प्रकाशित मिति : पुस १९, २०७९, मंगलवार १६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८