• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

हाम्रो टिमका १ जना खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको हो : ज्ञानेन्द्र मल्ल

  • खबरदाता

हाम्रो टिमका १ जना खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको हो : ज्ञानेन्द्र मल्ल

पुस १९,२०७९

 

नेपाल टी-२० लिग खेलिरहेको काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका १ जना खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन् । आज मंगलबार बिराटनगर सुपर किङ्ससँगको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले १ जना खेलाडीलाई फिक्ङिको प्रस्ताव आएको खुलाएका हुन् ।

‘अरुको टिमको कुरा थाहा भएन हाम्रो टिमको एउटा प्लेयरलाई अप्रोच गरेको थियो । एज पर रुल हामीले त्यो एसीयू (एन्टी करप्सन युनिट) मा एड्रेस गरेका छौं ।’उनले अघि भने, ‘अप्रोच (प्रस्ताव) र फिक्सिङ फरक कुरा हो । अप्रोच गर्‍यो भन्दैमा ९फिक्सिङ० गर्छ भन्ने नै हुँदैन । तैपनि हामीले रिपोर्ट गरेका छौं, यसलाई एसीयूले टेक केयर गरिसकेको छ ।’

कुन खेलाडीलाई कसले अप्रोच गरेको भन्नेबारे मल्लले खुलाउन चाहेनन् । यो कुराले खेलाडीलाई असर पर्ने भन्दै उनले नाम बताएनन् । यसअघि नेपाल टी-२० लिगका कमेन्टेटर सचिन तिमल्सिनाले पनि प्रतियोगितामा धेरै शंकास्पद गतिविधि भएको बताएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै तिमिल्सिनाले शंकास्पद गतिविधिका बारेमा नेपाल क्रिकेट संघ क्यान, अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एन्टी करप्सन युनिटलाई जानकारी दिएको तर उनीहरुले कुनै चासो नदिएको आरोप लगाएका थिए । उनले खेलमा जित हारको नभइ स्पट फिक्सिङ् हुने गरेको आरोप लगाएका थिए ।

  • प्रकाशित मिति : पुस १९, २०७९, मंगलवार १४:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८