• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

एम्बाप्पेको विजयी गोल

  • एजेन्सी

एम्बाप्पेको विजयी गोल

पुस १४, २०७९

 

पेरिस – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ । बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए । विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी थिएनन् । उनि अर्जेन्टिनामै रहेका छन् ।

६२औं मिनेटमा नेयमारले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेपछि १० खेलाडीमा सीमित भए पनि एमबाप्पेले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेपछि शीर्ष टोली पिएसजी जित निकाल्यो ।

नेयमारको पासमा मार्किन्होसले गोल गर्दै पिएसजीलाई १४औं मिनेटमा अग्रता दिलाएका थिए । ५१औं मिनेटमा मार्किन्होसले आत्मघाति गोल गरेपछि घरेलु मैदानमा पिएसजी बराबरीको स्थितिमा थियो ।

दश मिनेट थप गरिएको इन्जुरी समयको सातौं मिनेटमा प्राप्त पेनाल्टीलाई एमबाप्पेले सदुपयोग गरे । जितपछि पिएसजी १६ खेलको समाप्तीमा ४४ अंकका साथ शीर्ष स्थानमा अग्रता थप फराकिलो पारेको छ । दोस्रो स्थानको लेन्सले १५ खेलमा ३६ अंक जोडेको छ ।

१६ खेलमा ११ अंकमै सीमित स्ट्रासबर्ग भने पुछारबाट दोस्रो स्थानमा रहेर रेलिगेसनबाट बाच्न संघर्ष गरिरहेको छ ।

  • प्रकाशित मिति : पुस १४, २०७९, बिहीवार १०:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८