• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माधव नेपालको पार्टी एमालेमा समाहित हुने सम्भावना कति ?

  • खबरदाता

माधव नेपालको पार्टी एमालेमा समाहित हुने सम्भावना कति ?

पुस १४, २०७९

 

एमालेको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दोधारमा परेका छन् ।एमालेसँग छुट्टिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनैका लागि एकीकृत समाजवादी गठन गरेका नेपालले यसपटक प्रचण्ड र देउवासँग धोका खाएपछि अब फेरि एमालेमै समाहित हुने सम्भावना बढेको छ ।खासमा कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बन्ने तयारी थियो । यसरी आलोपालो प्रणालीबाट दुई, दुई वर्ष देउवा र प्रचण्ड अनि एक वर्ष नेपाल प्रधानमन्त्री हुनसक्ने ठानिएको थियो । गठबन्धनको सरकारमा एकीकृत समाजवादीले पनि राम्रै भाग पाउथ्यो ।

तर, ११ पुसमा अवस्था फेरियो, देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन नमानेपछि उनी एमालेसँग मिल्न पुगे । एमाले अध्यक्ष ओलीको सत्ताको चाबी आफूसँग राखेर प्रचण्डलाई प्रधानमन्त्री बनाए ।प्रचण्डले एमालेको साथ खोज्न बालकोट जाँदा नेपालसँग सल्लाह गरेनन्, उनले आफूसँग लैजान उपयुक्त पनि ठानेनन् । यो अवस्थालाई नेपालले देउवा र प्रचण्ड दुबैले धोका दिएको ठानेका छन् ।एमालेबाट २३ सिट लगेर देउवालाई प्रधानमन्त्री बनाएपनि गठबन्धनको बलमा चुनाव लड्दा १० सिटमा खुम्चिनु परेको र राष्ट्रिय पार्टी हुन नसकेकामा थकथकी मानिरहेका नेपालले अब एकीकृत समाजवादीलाई एमालेमा बिलय गराउलान रु अर्थात् राजनीतिक भाषामै भन्ने हो भने पार्टी एकता होला रु

एकीकृत समाजवादी निर्णायक शक्ति नरहेको र ओलीसँग सम्बन्ध विच्छेद गरेर देउवाको कोटामा पुगेका प्रचण्ड फेरि ओलीकै सहयोगमा प्रधानमन्त्री बनेका बेला अब नेपाललाई छुट्टै पार्टी चलाउन सहज छैन ।पहिलो त, संसदीय चुनावमा राष्ट्रिय पार्टी पनि बन्न नसकेपछि एकीकृत समाजवादी गठनको औचित्य नै समाप्त भइसकेको छ । अर्कोतिर अब कांग्रेस अलग्गै लागिसकेको र प्रचण्ड एमालेसँग सहकार्यमा लागेका बेला नेपालले एकीकृत समाजवादी कायमै राखेर सरकारमा नजाने स्थिति कायम गरे भने उनले संघ र प्रदेशमा भागवण्डा न्यून पाउनेछन् ।

एकीकृत समाजवादी सरकारमा नजाने हो भने ओलीले उक्त दल विभाजन गरिदिन सक्छन् । किनकी प्रचण्ड सरकारमा एमालेको भाग धेरै छ, उनले मन्त्रीको लोभ दिएर आधा सांसदलाई पार्टी विभाजनका लागि लोभ्याउन सक्ने ल्याकत राख्नेछन् । नेपाल पनि एकीकृत समाजवादीबाटै प्रचण्ड सरकारमा गए धेरै भाग नपाउनेमा निश्चित छन् यो अवस्थामा एमालेसँग मिल्न पुगे सहज हुने ठान्छन् ।

ओलीले भने जसरी पनि एमालेलाई पहिलो दल बनाउन चाहेका छन् । त्यसैले एकीकृत समाजवादी र केही स्वतन्त्र सांसदलाई मिलाएर एमालेलाई ९० सिटको पार्टी बनाउने उनको चाहना छ ।नेपालले बुधबार एमाले र माओवादीका नेताहरूसँग भेटवार्ता गरेका छन् । एकीकृत समाजवादीक महासचिव वेदुराम भुसालका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपालले बुधबार भूगोल कमिटीका नेतासँग राय लिएका छन् ।

२ भदौ ०७८ मा एमालेबाट अलग भएपछि एकीकृत समाजवादी गठन भएको हो ।एमाले नेताहरूले भने एकीकृत समाजवादीलाई सत्ता सहकार्य मात्रै नभएर एकतासम्मकै प्रस्ताव लगेका छन् ।नेपाललाई एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले बुधबार भेटेका थिए । एमाले मिल्नुको विकल्प नरहेको बस्नेतले बताए ।प्रधामन्त्री प्रचण्डको शपथग्रहणमा ओली र नेपालबीचको २० महिना लामो संवादहीनता टुटेको थियो ।

  • प्रकाशित मिति : पुस १४, २०७९, बिहीवार ०६:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८