• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नयाँ गठबन्धन दलहरुको बैठक बस्दै

  • खबरदाता

नयाँ गठबन्धन दलहरुको बैठक बस्दै

पुस ११, २०७९

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन गरेका दलहरूको बैठक बस्न लागेको हो।

शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक बस्ने एक नेताले बताए।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रचण्ड प्रधानमन्त्री बनेपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्न लागेको हो। नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम छ।

सरकारमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारेमा सत्ता गठबन्धनमा छलफल हुन लागेको हो।

  • प्रकाशित मिति : पुस ११, २०७९, सोमवार ०९:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८