• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

पेलेको परिवार साओपाउलोको अस्पतालमा

  • खबरदाता

पेलेको परिवार साओपाउलोको अस्पतालमा

पुस ११, २०७९

 

ब्राजिलका महान् फुटबलर पेलेका परिवारका सदस्य साओपाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भेला भएका छन् । गत नोभेम्बरको अन्त्यदेखि विश्वविख्यात ८२ वर्षीय पूर्व खेलाडी क्यान्सरसँग यस अस्पतालमा सङ्घर्ष गरिरहेका छन् ।

चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको, मिर्गौला तथा मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन ।

पेलेका छोरा एडिन्हो भनेर चिनिने एड्सन चोल्बी नासिमेन्टो पनि अस्पताल पुगेका बताइएको छ । दक्षिणी ब्राजिलको एक फुटबल क्लबका लागि काम गर्ने एडिन्होले डाक्टरहरूले मात्र आफ्नो बुबालाई मद्दत गर्न सक्ने बताएका छन् । पेलेकी छोरी केली नासिमेन्टोले आफ्ना बाबुको समीप आफू र एडिन्हा बसेको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी छन् । त्यसको केही घण्टापछि सान्तोसका पूर्वगोलकिपर एडिन्होले आफ्नो बुबाको हात समातेको फोटो राखेर “बुवा‘ मेरो बल तपाईंको हो,” लेखेका छन् ।

विश्वभर पेले भनेर चिनिने एडसन एरान्टेस डो नासिमेन्टोको सन् २०२१ को सेप्टेम्बरमा ‘कोलोन ट्युमर’ हटाइएपछि त्यो उनका अन्य अङ्गमा फैलियो वा फैलिएन भन्नेबारेमा परिवारका सदस्य र अस्पतालले केही जानकारी दिएका छैनन् ।

  • प्रकाशित मिति : पुस ११, २०७९, सोमवार ०८:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८