पुस ९, २०७९
कोभिड-१९ महामारीको जोखिम बढेसँगै सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेको छ।
छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क अनिवार्य गरेको हो। यससँगै भौतिक दूरी कायम गर्न आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले पुस ९ गते प्रेस विज्ञप्ति जारी गरी सेनिटाइजरको प्रयोग गर्न, नियमित रूपमा साबुनपानीले हात धुन र कोभिड-१९ को बुस्टर डोज लगाउनु पनि अपील गरेका छन्। अंग्रेजी नयाँ वर्ष, क्रिसमस लगायत कुनै पनि भीडभाड हुने स्थलमा विशेष सतर्कता अपाउन समेत मन्त्रालयले सचेत गराएको छ।
नेपालमा बीएफ-७ भेरियन्ट पुष्टि नभए पनि खुला सिमाना र आवतजावतले गर्दा संक्रमणको जोखिम रहेको मन्त्रालयको निष्कर्ष छ।
नेपालमा १० लाख ९६२ जनामा कोरोनाभाइरसको संक्रमण देखा परिसकेको छ। संक्रमितमध्ये १२ हजार १९ जनाको ज्यान गइसकेको मन्त्रालयको तथ्याङ्क छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८