पुस ६,२०७९
नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन्।
कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरेका हुन्। देउवाले ६४ मत पाए भने थापाले २५ मत पाए।
निर्वाचनमा ८९ जना सांसदले मतदान गरेका थिए। देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले समर्थन गरेका थिए।
त्यस्तै, महामन्त्री थापालाई उपाध्यक्ष धनराज गुरुङ, नेता डा। शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत नेताहरूले समर्थन गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८