• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सोलुखुम्बुमा आगलागी, पाँच घर जले

  • खबरदाता

सोलुखुम्बुमा आगलागी, पाँच घर जले

पुस ५,२०७९

 

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरू भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर नष्ट भएको छ। प्रणय राईको घरमा आगो प्रवेश गरेको छ।

आगो नियन्त्रणका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका छन्।

  • प्रकाशित मिति : पुस ५, २०७९, मंगलवार १९:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८