• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आजबाट नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

  • खबरदाता

आजबाट नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

पुस ५,२०७९

 

चितवन -आजदेखि नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा बन्द हुने भएको छ।

उक्त सडक खण्डमा पर्ने पुलहरु निर्माण गर्नका लागि सडक बन्दगरि सवारी रोक्न लागिएको हो ।

सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिने छ ।

भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।

नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय भएको छ । यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०स्५० बजेदेखि रोकिने छ ।

काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०स्५५ बजे रोकिने भएको छ ।

यस्तै, काठमाडौंतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०स्४५ बजे देखि रोकिने छ।

बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने जनाइएको छ।

  • प्रकाशित मिति : पुस ५, २०७९, मंगलवार ०६:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८