• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

  • खबरदाता

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

पुस ४, २०७९

 

नेकपा एकीकृत समाजवादीले सोमबार संसदीय दलको बैठक बोलाएको छ ।

पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्ने बुझिएको छ ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ ।

यसअघि आइतबार नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र वामपन्थी नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको नेकपा एसले जनाएको छ ।

  • प्रकाशित मिति : पुस ४, २०७९, सोमवार १३:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८