पुस ४,२०७९
नवलपरासी – पश्चिम नवलपरासीमा उखु किसानहरुलाई तत्कालका लागि प्रतिकुईन्टल रु ५२० रुपैया चिनी उद्योगबाट भुक्तानी पाउने भएका छन् ।
यस क्षेत्रबाट निर्वार्चित संघीय सांसद विनोद चौधरी र प्रदेश सांसद देवकरण प्रसाद कलवार ९ सन्तु ० को पहलमा उद्योग संचालकहरुसंग भएको छलफलका आधारमा उक्त मुल्य निर्धारण गरिएको हो।
सरकारले उखुको समर्थन मुल्य तोकि नसकेको अवस्थामा तत्कालका लागि चिनी उद्योगबाट प्रतिकुईन्टल रु ५२० रुपैया किसानले पाउने गरी उद्योगहरु सहमती देखिएका छन् । किसानले उद्योगमा उखु बापत उक्त रकम पाउने भएपछि तत्कालका लागी किसानहरु खुसी भएका छन् ।
अघिल्ला बर्षमा बर्षौसम्म उधारोमा उखु दिनुपर्ने र भुक्तीनी लिन विभिन्न समस्या झेल्दै आएका किसानहरुलाई यस पटक भने यस क्षेत्रबाट निर्वार्चित जनप्रतिनिधीहरुले गरेको पहलका कारण सहज हुने भएको छ।
जिल्लामा बागमति, ईन्दिरा र लुम्बिनी चिनी मिल गरि तीन वटा ठुला चिनी मिलहरु छन । किसानहरुको समस्या प्रति सरकारले ध्यान नदिएकै कारण किसानहरु थप पिडित बन्दै जाँदा उखु खेती घटदै गएको छ । जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको थियो तर अहिले घटेर ५ हजार हेक्टर क्षेत्रफलमा सिमिति भएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८