पुस ३,२०७९
भरतपुर – जंगली हात्तीले आक्रमण गर्दा भरतपुरमा एक महिलाले ज्यान गुमाउनु परेको छ।
प्रहरीले जनाए अनुसार सनिवार राती साढे ८ बजेको समयमा चितवनको भरतपुर २८ अन्द्राउली बस्ने बर्ष ७० कि भागीरथी सुवेदीलाई हात्तीले आक्रमण गरेको थियो।
आफ्नै घरको आँगनमा आगो तापीरहेको अवस्थामा एक्कासी जंगली हात्तीआई आक्रमण गर्दा घाईते भएकी सुबेदीलाई तत्काल उपचारको लागि भरतपुर अस्पताल लगिएको र उपचारकै क्रममा राति १० :५० बजे उनको मृत्यु भएको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८