• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चुनावको अन्तिम परिणाम आज सार्वजनिक गरिँदै

  • खबरदाता

चुनावको अन्तिम परिणाम आज सार्वजनिक गरिँदै

मंसिर २८ ,२०७९

 

 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ ।

४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ ।

आयोगले यसअघि मंगलबार नै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, आयोगले आज प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रसँगै समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न लागेको हो ।

निर्वाचनको अन्तिम नतिजा घोषणापछि आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने छ । त्यसपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान हुनेछ।

  • प्रकाशित मिति : मंसिर २८, २०७९, बुधवार ०८:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८