मंसिर २६, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले बन्दी रिहाइका लागि भनेर ल्याउने निर्णय गरेको अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन्।
महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै अहिले अध्यादेश ल्याउन गलत भएको बताएका छन्। “पार्टीभित्र यो अध्यादेशबारे न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ,” थापाले भनेका छन्, “यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ।”
यो अध्यादेश संवैधानिक भएकाले फिर्ता लिनुपर्ने थापाको जिकिर छ। “यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरित छ,” कांग्रेस महामन्त्री थापाले भनेका छन्, “सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।”
राजनीतिक मुद्दाहरू फिर्ता लिने गरी सरकारले ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो। त्यसको कांग्रेसभित्रैबाट विरोध भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८