मंसिर २५ ,२०७९
– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष २५ गते आइतबार तद्अनुसार सन् २०२२ दिसम्बर ११ तारिख पौष कृष्ण पक्षको तृतीया तिथि पुनर्वसु नक्षत्र ब्रम्हा योग बब करण आनन्दादियोगमा ध्वज योग चन्द्रमा मिथुन राशिमा १२:३४ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:४५ बजे र सूर्यास्त साँझ १७:८ बजे हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन रमाइलो किसिमबाट बित्ला । आरोग्यता र आनन्द बढ्नेछ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । विजयश्री प्राप्ति हुनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ ।
वृष – मान-महत्व बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह वृद्धि होला । काम बन्नाले सुखको अनुभव हुन्छ । अनेक किसिमका फाइदा हुने योग छ । अप्रत्याशित लाभ हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।
मिथुन – आजको दिन त्यति शुभकारी देखिन्न, त्यसैले हरेक काम सोचिविचारी गर्नु हितर होला । आरोग्य वृद्धि भए पनि खानपानमा विशेष ध्यान राख्नुपर्नेछ । काममा समस्या वा अनेक किसिमका झमेलामा परिएला । आज केही हानी पनि हुन सक्छ, सावधान रहनुहोला । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्ला ।
कर्कट – शुभ कार्यका लागि ब्यस्ताता बढ्ने दिन छ । आरोग्यता पनि बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ । धन आर्जनको कोणबाट राम्रो दिन छ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।
सिंह – शुभ समाचार प्राप्त हुनेछ । फलिफाप हुने दिन छ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । राम्रो कमाइका कारण सुख मिल्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।
कन्या – आजको दिन मिश्रित फलदायक रहला । परिवारिक सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । आज टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । साझेदारीको कार्य बन्नेछ । रसविलासमा रुचि बढ्ला ।
तुला – कर्मबल बढे पनि आज गरेका कामको फल खासै सन्तोषजनक मिल्नेछैन । आफन्तजनको सहयोग तथा समर्थन मिल्नेछ । समयको भने ब्यर्थ नाश होला । व्यर्थको खर्च पनि होला । नसोचेको ठाउमा खर्च हुन सक्छ । रोग र शत्रुसित लड्ने क्षमता भने बढ्नेछ ।
वृश्चिक – आजको दिन दोडधुपमा परिएला । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । अनावश्यक यात्राको योग छ । तथापि सुखको अनुभव होला । आफन्तमिलनले सुख दिनेछ । सद्कर्म पथमा प्रगति होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुका साथै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – प्रेमभाव बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । आज मनोकूलको काम बन्नेछ । परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु फलदायी रहला ।
मकर – व्यस्तता बढ्ने दिन भए पनि दिन राम्रो छ । पारिवारिक सुख प्राप्त हुनेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । दुस्खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । विपरितलिङ्गिको हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ ।
कुम्भ – आरोग्य बढ्ने र रसरागको भाव वृद्धि हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । तर इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिला र विवादमा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नुपर्ला । महत्वपूर्ण कामहरू आज थाती राखेकै बेस हुनेछ।
मीन – प्रेमभाव बढ्नेछ तर आशानुकुलको परिस्थिति बन्नेछैन । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । नोकरीमा झमेला ब्यहोर्नुपर्ला । रोगबाट छुट्कारा पाउनुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।
आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८