मंसिर २४, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फका १३ जना सांसद चयन गरेको छ।
आदिवासी जनजातिबाट डा। ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा। चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत चयन भएका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
दलितबाट सन्तोष परियार र शिव नेपाली सांसद बन्ने भएका छन्। त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका प्रवक्ता ढकालले बताए।
उनले अहिले नाम बुझाउन निर्वाचन आयोग पुगेको जानकारी दिए। पहिलो पटक चुनावमा होमिएको स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जितेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८