• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नागरिक उन्मुक्तिको बटमलाइन रेशम चौधरीको रिहाइ

  • खबरदाता

नागरिक उन्मुक्तिको बटमलाइन रेशम चौधरीको रिहाइ

मंसिर २४, २०७९

 

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले डिल्लीबजार आजीवन कैद सजाय भोगिरहेका आफ्ना संस्थापक रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।

 

नागरिक उन्मुक्तिका अध्यक्षसमेत रहेकी सांसद रञ्जिता श्रेष्ठका अनुसार रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरिएको छ ।

रेशम र अन्य नेताहरु ०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा जेल सजाय भोगिरेहका छन् । उनी फरार रहेका बेला ०७४ मा कैलाली १ बाट चुनाव लडेका थिए । उनले चुनाव पनि जिते । तर, आत्मसर्मपण गर्दा उनलाई पक्राउ गरिएको थियो ।

रेशम बर्दियाबाट चुनाव लड्न चाहन्थे, त्यसका लागि उनले उम्मेदवारी पनि दिएका थिए । तर, अदालतबाट सजाय फैसला भएर कारागारमा रहेका व्यक्तिले चुनाव लड्न नपाउने भएपछि रेशमसँगै कैलाली ५ मा उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको थियो ।

  • प्रकाशित मिति : मंसिर २४, २०७९, शनिवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८