मंसिर २२,२०७९
चितवन – एम्बुलेन्स र अटो एकआपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन।
बिहिवार दिउँसो ३:२० बजेको समयमा चितवनको भरतपुर- १ आँपटारीमा उक्त दुर्घटना भएको हो।
चितवन प्रहरीले जनाए अनुसार नारायणगढबाट काठमाडौ तर्फ जाँदै गरेको ना२च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणगढ तर्फ आउँदै गरेको ना २ ह २८६२ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा अटोमा सवार चालक सहित ६ जना घाईते भएका हुन।
घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घाइतेको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुबै सवारी साधन र एम्बुलेन्स चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जनाइएको छ।
घाइतेहरुमा अटो चालक भरतपुर ८ बस्ने बर्ष ३२ को सुर्य ब।खुलाल ,चालककी श्रीमती बर्ष २५ को अन्जु तामाङ ,चालकको छोरा अन्दाजी बर्ष २ को किरण खुलाल र खैरहनी नगरपालिका ११ बस्ने बर्ष ३१ कि रन्जु लामा ,लामाका श्रीमान बर्ष ३३ को सुर्य बहादुर गुरुङ ,निजको छोरी बर्ष २ को खुशि गुरुङ रहेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८