• माघ १७, २०७९, मंगलवार Tuesday, 31 January, 2023
centreal college

दुर्घटनामापरी चितवनमा जर्मन नागरिकको मृत्यु

  • खबरदाता

दुर्घटनामापरी चितवनमा जर्मन नागरिकको मृत्यु

मंसिर २२, २०७९

 

चितवन -चितवनमा सवारी दुर्घटनामा परी एक जर्मन नागरिकको मृत्यु भएको छ।

प्रहरीले जनाए अनुसार इच्छाकमना गाउँपालिका–३ फिस्लिङ स्थिति पृथ्वीराजमार्गमा बिहिवार बिहान सवा १० बजेको समयमा जिप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जर्मन नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जर्मनीका ६० वर्षीय माइकल मेएर ओल्बर्सलेबेन रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी गराएका छन् ।

दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई चितवन मेडिकल कलेजको भरतपुर ल्याइएको थियो । अस्पतालमा ईसिजी गरेर चिकित्सकले उनलाई साढे १२ बजेतिर मृत घोषित गरेको डिएसपी पण्डितले बताए । उनले चलाएको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र वाग्मती प्रदेश ०३–००१ च १६८२ नम्बरको जिप एक आपसमा ठक्कर खाएको प्रहरीको भनाइ छ । मोटरसाइकल नारायणगढबाट मुग्लिन हुँदै काठमाडौंतर्फ जाँदै गरेको र जिप धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको डिएसपी पण्डितले बताए ।

मोटरसाइकलमा सवार विदेशी महिला भने घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको छ । ठक्करपछि मोटरसाइकल र जिप सडकदेखि ५० मिटर तल खसेका प्रहरीको भनाइ छ । जिपमा सवार धादिङ गल्छी गाउँपालिका–५ का ७३ वर्षीय निरबहादुर तमाङ पनि घाइते भएका छन् । चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेका उनको अवस्था मध्यम छ । जिपका चालक गोरखाका २१ पर्षीय साजन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • प्रकाशित मिति : मंसिर २२, २०७९, बिहीवार १४:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८