• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

मंसिर २२ गते : आजको पञ्चाङ्ग एवम् तपाइको राशिफल

  • खबरदाता

मंसिर २२ गते : आजको पञ्चाङ्ग एवम् तपाइको राशिफल

मंसिर २२ ,२०७९

 

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष २२ गते तद्अनुसार सन् २०२२ दिसम्बर ८ तारिख विहीबार मार्गशीर्ष शुक्ल पूर्णिमा तिथि ८:३१ पर पौष कृष्णपक्षको प्रतिपदा तिथि रोहिणी नक्षत्र साध्य योग बालव करण आनन्दादिमा उत्पात योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:४३ मा र सूर्यास्त साँझ १७:७ बजे हुनेछ । धान्य पूर्णिमा, धान्य पर्वतदान, गैडूपूजा, उधौली पर्व, यःमरी पून्हिँ ।

आजको राशिफल

मेष – आज शुभता बढ्ने र मनोकूलको काममा सफलता मिल्ने योग भए पनि प्रतिष्पर्धामा केही पछि पर्नुपर्ला । तथापि, पारिवारिक सुख शान्ति बढ्नेछ भने शुभ समाचार प्राप्त होला । परिवार तथा साथीभाइको सहयोग प्राप्त होला, साथै धनलाभको पनि सम्भावना छ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।

वृष – आरोग्यता बढ्नेछ भने कार्यसफलता पनि मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहला । उत्साह बढ्नेछ ।

मिथुन – आयबल वृद्धि हुनुका साथै आफन्तको साथ मिल्नेछ । समस्याको समाधान प्राप्त होला । लामो यात्राको सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । मान प्राप्त हुने योग छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – लगानी बढ्ने समय छ । आज भरसक आर्थिक कारोबार नगरेकै राम्रो होला । रसरागमा आकर्षण बढ्नेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ, तर खर्च भने नसोचेको वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आजको दिन तपाईंको निम्ति मिश्रित फल दिने खालको छ । कर्मबल र कार्यगति त बढ्नेछ तर परिश्रमअनुसारको फल नमिल्न सक्छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । आज सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । मिठो भोजन प्राप्त हुनेछ । हाकिमको साथ मिल्नेछ भने बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – शुभता वृद्धिको समय हुँदा भविष्यको फाइदाका लागि लगानी बढाउन सकिनेछ । आज गरिएका कामको उचित मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । पारिवारिक सुख र शान्ति बढ्नेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ ।

तुला – जोखिम बढ्ने समय भए पनि आँटेको काममा आज सफलता मिल्नेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । प्रतिभाको उच्च मूल्यांकन होला । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । दौडधुप बढ्नेछ भने रसरागमा रुचि रहला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आरोग्यता वृद्धि र मनोरञ्जनपूर्ण समयको योग भए पनि समयमा काम पूरा नहुनाले महत्वपूर्ण अवसर गुमेको अनुभूति हुन सक्छ । जिम्मेवारी बढिरहनेछन् । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ भने जीवनसाथीको समस्याले चिन्तित तुल्याउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुस्ख पाइनेछ । योजना र बजेट बनाइ कार्य गरे बेस होला ।

धनु – आरोग्यता बढ्ने र कार्यक्षमता वृद्धि हुने दिन छ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्न सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । सन्तानसुख बढ्ला ।

मकर – प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यप्रति भने सजग रहनुपर्ने बेला छ । आजका लागि भारी खानपानको मोह त्याग्नु उचित हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ – व्यस्तताका साथै परिवारिक सुख बढ्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । विद्यार्थी वर्गलाई फाइदाको दिन रहेको छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला ।

मीन – उत्साह र आनन्द बढ्नेछ । आफन्तको साथ कमै मिल्ने योग भए पनि व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : मंसिर २२, २०७९, बिहीवार ०७:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८