• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज फ्रान्स र पोल्यान्ड तथा इंगल्याण्ड र सेनेगल बीच प्रतिष्पर्धा हुने

  • खबरदाता

आज फ्रान्स र पोल्यान्ड तथा इंगल्याण्ड र सेनेगल बीच प्रतिष्पर्धा हुने

मंसिर १८, २०७९

 

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । अल थुमामा स्टेडियममा आईतवार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिष्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८ः४५ बजे शुरु हुनेछ ।

दुवै टोली आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्को खेलमा इंगल्याण्ड र सेनेगलबीच प्रतिष्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंगल्याण्ड र सेगेनलबीचको खेल राति १२ः४५ बजे शुरु हुनेछ ।

आज इंगल्याण्ड र सेनेगल दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । इंगल्याण्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

  • प्रकाशित मिति : मंसिर १८, २०७९, आइतवार १३:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८