• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश

  • खबरदाता

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश

मंसिर १८, २०७९

 

नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएका प्रि–क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्ले अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । कलिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेदरल्यान्ड्सका लागि मेफिस डिपाया, डाले बिलान्ड र डेन्जेल डुम्पेरिसले एक–एक गोल गरे ।

 

यता अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए । नेदरल्यान्ड्सका लागि खेलको १० औं मिनेटमा डिपायाले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा बिलिन्डले गोल गर्दै नेदरल्यान्ड्लाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ७६ औं मिनेटमा राइट्ले गोल गर्दै अमेरिकालाई २–१ गोलको अवस्थामा ल्याए । खेलको ८१ औं मिनेटमा डुमफ्रिसले गोल गर्दै नेदरल्यान्ड्लाई क्वाटरफाइनलमा पुगाए ।

  • प्रकाशित मिति : मंसिर १८, २०७९, आइतवार ०६:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८