• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

विश्वकफ फुटबल:अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

  • खबरदाता

विश्वकफ फुटबल:अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

मंसिर १८, २०७९

अर्जेन्टिना विश्वकफ फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

अहमद बिन अल स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन आल्भारेजले एक–एक गोल गरे । यता अष्ट्रेलियाका लागि कार्गी गुडोइनले एक गोल फर्काए।

मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि खेलको ५७औं मिनेटमा आल्भारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेकको ७७औं मिनेटमा अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएपनि खेलमा जित निकाल्न सकेन ।

अर्जेन्टिनाका एन्जो फर्नान्डेजले आत्मघाती गोल गर्दा अष्टअष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएपनि खेलमा जित निकाल्न सकेन ।

अर्जेन्टिनाका एन्जो फर्नान्डेजले आत्मघाती गोल गर्दा अष्ट्रेलिया २–१ गोलको अवस्थामा सिजन अन्त्य गर्यो । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

  • प्रकाशित मिति : मंसिर १८, २०७९, आइतवार ०६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८