• चैत १२, २०७९, आइतवार Sunday, 26 March, 2023
centreal college

देश बिकासका लागि फरक क्षमता भएका समुदायको उत्तिकै योगदान : सांसद चौधरी

  • खबरदाता

देश बिकासका लागि फरक क्षमता भएका समुदायको उत्तिकै योगदान : सांसद चौधरी

मंसिर १७,२९७९

नवलपरासी – नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद बिनोद चौधरीले फरक क्षमता भएका (अपाङ्ग ) समुदायलाई राज्यले उचित स्थान दिनुपर्ने बताएका छन ।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित प्रतिनिधि सभा सदस्य चौधरीले चौधरी फाउण्डेसनले बर्दघाट नगरपालिका भित्र रहेका फरक क्षमता भएका व्यक्तीहरुलाई उपलब्ध गराएको सहायता सामाग्री हस्तान्तरण गर्दै यस्तो बताएका हुन।

यो देशको चौतर्फी बिकासमा फरक क्षमता भएका (अपाङ्ग) सामुदायको उत्तिकै महत्व रहेको बताउँदै सांसद चौधरीले फरक क्षमता भएका ( अपाङ्ग) सामुदायको उचित सहयोग र सहकार्य गर्न राज्य थप निर्णय लिनु पर्ने बताए ।सो क्रममा चौधरी फाउण्डेसका सचिव सारिका चौधरीले फाउण्डेसन हरेक नेपालीको खुस दुखमा साथमा रहँदै आएको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताइन ।

३१ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस २०७९ को अवसर पारेर चौधरी फाउण्डेसनले बर्दघाट नगरपालिका र सुस्ता गाउंपालिकामा विभिन्न सहायता सामाग्री ९हृवीलचेयर , एयरफोन , वालकर , सेतोछडी , बैशाखी ० लगायतका सामाग्री उपलब्ध गराएको छ ।

  • प्रकाशित मिति : मंसिर १७, २०७९, शनिवार १३:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८