मंसिर १७, २०७९
युवा ज्योतिष पं.सागर गुरागाँई
आज मिति २०७९ साल मंसिर १७ गते शनिबार, ई.सं ३ डिसेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष दशमी, नक्षत्र- उत्तरभाद्रपदा, योग- सिद्धि, करण- गर, चन्द्रराशि- मीन, सूर्योदयः ६ः४०, सूर्यास्तः १७ः०६ ।
मेष -योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउँलान् ।
वृष – बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
मिथुन – अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।
कर्कट – हतारको निर्णयले काम बिग्रनेछ ।
सिंह – ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।
कन्या – मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।
तुला – सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।
वृश्चिक – बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।
धनु – तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।
मकर – बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
कुम्भ – सुखद समाचारले उत्साह जगाउनेछ ।
मीन – अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।
आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८