• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा

  • खबरदाता

अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा

मंसिर १७, २०७९

समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो ।

भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । तर, लगत्तै जर्सी खोलेकोमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेको थियो । जीतका बाबजुद टोली नकआउट चरणमा भने प्रवेश पाउन सकेन ।

उता, स्वीटजरल्यान्डले सर्बियालाई ३–२ गोलले हराउँदै अन्तिम १६ स्थान पक्का गर्यो । खेलमा स्वीटजरल्यान्डका लागि जेरडान साकिरी, ब्रिल इम्बोलो र रेमो फ्रिउरलले गोल गरे भने सर्बियाका लागि अलेक्सान्डर मिट्रोविच र डुसान भ्लाहोविचले गोल गरे । समूहबाट ब्राजिल विजेता र स्वीटजरल्यान्ड उपविजेता बन्यो ।

 

  • प्रकाशित मिति : मंसिर १७, २०७९, शनिवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८