• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा , बाहिरियो उरुग्वे

  • खबरदाता

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा , बाहिरियो उरुग्वे

मंसिर १७,२०७९

 

दक्षिण कोरिया फिफा विश्वकप २०२२ को अन्तिम १६ मा पुगेको छ।

शुक्रबार राति समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा पोर्चुगलमाथि २-१ गोलको सनसनीपूर्ण जित निकाल्दै दक्षिण कोरिया अन्तिम १६ मा पुगेको हो।

कोरियाले पोर्चुगलविरुद्ध एक गोलले पछि पारेको अवस्था उल्टाएको हो।

खेलको पाँचौ मिनेटमा रिकार्डोको गोलबाट पोर्चुगलले अग्रता लियो।

२७ मिनेटमा कोरियाका लागि योङ्गवानले बराबरी गोल गरे।

दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा ह्वाङ हिचेनले गोल गर्दा कोरियाले रोमाञ्चक जित निकाल्यो।

जितसँगै समूहमा चार अंक जोडेको दक्षिण कोरिया समूह उपविजेता बन्यो।

अघिल्ला दुई खेलमा जित निकालेर अन्तिम १६ मा पुगेको पोर्चुगल विजेता बन्यो।

यता अन्तिम खेलमा घानालाई २-० गोलले हराएको उरुग्वेले पनि कोरियाकै जति चार अंक जोड्यो।

गोलअन्तरमा पनि दुवै टिम समान अवस्थामा थिए।

तर बढी गोल गरेको आधारमा कोरिया अन्तिम १६ मा पुग्यो। कोरियाले चार गोल गर्दा चार गोलनै खायो भने उरुग्वेले दुई गोल गर्दा दुई गोल नै खायो। जारी विश्वकपमा गोल गरेको आधारमा अन्तिम १६ मा पुग्ने कोरिया पहिलो टिम बन्यो।

उरुग्वेका लागि भने अन्तिम १६ मा पुग्न अन्तिम खेलको जित पर्याप्त हुन सकेन। समूहका तीन खेलमा आफूले गरेको कम गोल र दक्षिण कोरियाले गरेको बढी गोल बाधक बन्यो।

  • प्रकाशित मिति : मंसिर १७, २०७९, शनिवार ०६:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८