• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सहभागी सहकारीले उद्यमशील र आत्मनिर्भर बनाउन लगानी बढाउने

  • खबरदाता

सहभागी सहकारीले उद्यमशील र आत्मनिर्भर बनाउन लगानी बढाउने

मंसिर १६,२०७९ / टिकादत्त तिमिल्सिना

चितवन – भरतपुर–९ स्थित सहभागी बचत तथा ऋण सहकारी संस्थाले १० औँ वार्षिक साधरणसभा गरेको छ ।

२०६९ सालमा स्थापना भएको सहकारीमा हाल ९ सय ७८ जना शेयर सदस्य छन् । सहकारीका अध्यक्ष डासिराम ढकालका अनुसार सहकारीको शेयर पुँजि १ करोड १६ लाख ४८ हजार ३ सय रुपैयाँ रहेको छ । ३ करोड ४२ लाख ३२ हजार ६ सय ५० रुपैयाँ ऋण लगानी गरेको छ । शेयर सदस्यलाई उद्यमशिल र आत्मनिर्भर बनाउन सहकारीले लगानी गरेको उनले बताए ।

साधरणसभामा सचिव गोविन्द प्रसाद आचार्यले सचिवको र कोषाध्यक्ष रेखा पौडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । भरतपुर–९ का वडाध्यक्ष यमलाल कँडेलले सहकारीले व्यवसायमा लगानी वृद्धि गर्न सहयोगी बनेको बताए । सहकारीले सामाजिक उत्तरदायीत्व बहन गर्दै वडालाई नमुना बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए । भरतपुर महानगरका सहकारी तथा रोजगार प्रर्वद्धन शाखा प्रमुख रामबाबु पौडेलले हरेक वर्ष बचत वृद्धि गर्दै शेयर सदस्यलाई आर्थिक समस्याहुदाको साथी बन्नुपर्ने बताए ।

संस्थापक अध्यक्ष सूर्य खनालले सहकारीको मर्म र सिद्धान्तलाई आत्मसात गर्दै उद्यमशिल समाज बनाउन लाग्नुपर्ने बताए । त्रिपुरेश्वर सहकारीका अध्यक्ष वेदप्रसाद सापकोटाले सहकारीलाई बदनाम हुन नदिन हरेक सदस्य जागरुक हुनुपर्ने बताए । ऋण उपसमितका सदस्य महादेव अधिकारीले आर्थिक वर्ष २०७९÷८० मा ४ करोड ५० लाख ऋण लगानी गर्ने लक्ष्य राखिको बताए । सञ्चालक समिति सदस्य राधिका उपाध्यायले साधरणसभामा विभिन्न विधामा ७ जनालाई पुरस्कृत समेत गरेको जानकारी दिए ।

उनका अनुसार असल बचतकर्ताका रुपमा कृष्णप्रसाद पौडेल, असल ऋणि रविकुमार दराई, असल बाल बचतकर्ता जोसना ढकाल, जेष्ठ असल बचतकर्ता गंगाबहादुर मगर पुरस्कृत भएका छन । यस्तै शेयर सदस्यका परिवारबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउनुभएका सुनिश्चत दहित, दिपशिखा बानियाँ, उत्कृष्ट कर्मचारी सहव्यवस्थापक कविता रुवाली पुरस्कृत भएकि हुन ।

  • प्रकाशित मिति : मंसिर १६, २०७९, शुक्रवार १५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८