• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

बाजुरा र स्याङ्जा २ मा कांग्रेस उम्मेदवारको अग्रता कायम

  • खबरदाता

बाजुरा र स्याङ्जा २ मा कांग्रेस उम्मेदवारको अग्रता कायम

मंसिर १६, २०७९

 

बाजुरा र स्याङ्जा क्षेत्र नं। २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

आज बिहानको मत परिणाम अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १ हजार ११२ मत छ ।

 

यसैगरी स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ११ हजार ९२० मतसहित अगाडि छन् । गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी छन् । अर्यालको मत ९ हजार ५०२ छ ।

मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको आरोप एमालेले लगाएपछि बाजुरा र स्याङ्जा २ मा मंसिर १४ गतेदेखि मात्रै मतगणना सुरु भएको थियो ।

  • प्रकाशित मिति : मंसिर १६, २०७९, शुक्रवार ०८:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८