मंसिर १५,२०७९
चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब बन्ने सरकारको प्रधानमन्त्री आफु हुने बताएका छन।
आज (बिहिवार) भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै पौडेलले छिट्टै गठबन्धनको सरकार निर्माण हुने बताएका हुन ।
उनले पुरानै गठबन्धनले सरकारको नेतृत्व गर्ने र त्यसको प्रधानमन्त्रीमा आफ्नो दाबी रहने बताए । उनले भने ‘मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छ,गठबन्धनले यस बारेमा छलफल गरिरहेको छ। गठबन्धनको बहुमत पुगेको छ। अब गठबन्धनकै सरकार बन्छ।काङ्ग्रेस पार्टीमा पनि यो बारेमा छलफल चलिरहेको छ। देउवाजीले सकारात्मक रुपमा लिनु भएको छ।
निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नुपर्नाको कारण टिकट बितरण नमिलेको उनले बताए । पौडेलले भने “निर्वाचनमा गठवन्धनले टिकट बितरण नमिलाएकाले कतिपय ठाउँमा पराजित हुनु पर्यो ।” चितवन, कास्कि लगाएतका ठाउँमा टिकट वितरण नमिलेका कारण हार वेहोर्नु परेको उनको भनाई थियो ।
युवाको जोश र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने उनले बताए । फरक शक्तिहरुको आगमनलाई उहााले गम्भिरता पूर्बक लिएको बताए । उनले भने “नयाँ शक्तिको आगमन हाम्रा कमी कम्जोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८