मंसिर १४, २०७९
इंग्ल्यान्ड र अमेरिका फिफा विश्वकप २०२२ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
समूह ‘बी’ को अन्तिम चरणको खेलमा आ(आफ्ना खेल जित्दै इंग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बनेर अन्तिम १६ मा पुगेका हुन्।
अन्तिम चरणमा इंग्ल्यान्डले वेल्सलाई ३(० गोल तथा अमेरिकाले इरानलाई १(० गोलले पराजित गरे।
इंग्ल्यान्डका लागि रास्फोर्डले दुई गोल गरे। उनले खेलको ५० र ६८ मिनेटमा गोल गरेका थिए। यस्तै अर्को गोल फिल फोडेनले ५१ मिनेटमा गरेका थिए।
यता इरानविरुद्ध महत्वपूर्ण जित दिलाउने क्रममा अमेरिकाका क्रिस्टियन पुलिसिकले ३८ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।
अन्तिम चरणमा जित निकालेसँगै इंग्ल्यान्डले समूहमा ७ अंक जोड्यो भने अमेरिकाले ५ अंक बटुल्यो। ३ अंक जोडेको इरान र १ अंक भएको वेल्स बाहिरिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८