मंसिर १२,२०७९
पुल्चोक बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ।
सोमबार भरतपुरको नारायणगडमा सम्पन्न साधारण सभा तथा अधिबेशनले मेनका चापागाईं काप्रीलाई अध्यक्षमा निर्वाचत गरेको छ।
यस्तै साकोसको उपाध्यक्षमा मिना श्रेष्ठ , सचिबमा सुनिता धिताल कडेल र कोषाध्यक्षमा रुमी श्रेष्ठला निर्वाचित भएका छन।
अन्य सदस्यहरुमा रेनु श्रेष्ठ ,कल्पना पान्डे ,सविना भट्टराई,सरस्वती कडेल,अमृता बानिया,सहनशीला पिया र सुमित्रा बराल लोहनी रहेका छन।
उक्त भेलाले साकोसको लेखा सम्योजकमा गिता सापकोटा तथा सदस्यहरुमा गिता देवि पौडेल र सुधा रायमाझीलाई चयन गरेको छ।
भरतपुर वडा नम्बर एकका वडा अध्यक्ष केशव महर्जन प्रमुख अतिथि रहेक सो कार्यक्रम आरती पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८