मंसिर ६,२०७९
चितवन – चितवनको राप्तीमा ट्रकमा माइक्रो ठोक्किदा एक जनाको मृत्यु भएको छ।
चितवन प्रहरीले जनाए अनुसार आज बिहान साढे ५ बजेको समयमा राप्ती ६ को हर्दीचोकमा उक्त दुर्घटना भएको हो।
सडकमा बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडी हेटौंडाबाट नारायणगढ तर्फ आउँदै गरेको बा४ख ४१२ नम्बरको माईक्रो ठोकिंदा माईक्रकोमा सवार राप्ती ४ डडुवा बस्ने बर्ष ३५ का महाबिर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइते हुनेहरुमा चितवनकै राप्ती ५ बस्ने बर्ष २१ को आयुस लो तामाङ ,माईक्रो चालक राप्ती ६ बस्ने बर्ष २६ को शंकर चाधरी, माईक्रोमा सवार राप्ती १ बस्ने बर्ष २६ को उज्वल मैनाली ,माईक्रोमा सवार राप्ती २ बस्ने बर्ष ४६ को जवारीलाल र धादिङ रोराङ गाउँपालिका ५ बस्ने बर्ष २१ को कुशल बिसुराल रहेका छन। घाइतेको अस्पतालहरुमा उपचार भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८