• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

पर्यटन क्षेत्रले गति लिँदै

  • खबरदाता

पर्यटन क्षेत्रले गति लिँदै

मंसिर ५, २०७९

कोरोना भाइरस सङ्क्रमणले करिब दुई वर्षसम्म थलिएको पर्यटन क्षेत्रले पछिल्लो समय गति लिँदैछ । त्यसको प्रमाण हो, यो नोभेम्बर अघिसम्म नेपालमा ८८ हजार ५८२ जना विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२२ को दशमहिना अवधिमा नेपालमा ४ लाख ७३ हजार ५६३ जना विदेशी पर्यटक भित्रिएका छन् ।

 

कोरोना संक्रमण सुरु हुनुअघि नेपालमा सन् २०१९ मा झन्डै १२ लाख विदेशी पर्यटक भित्रिएका थिए । सरकारले कोरोनापछिको पर्यटक आगमनलाई २०२३ सम्म ुरिकभरु गर्ने लक्ष्य लिएको छ । सरकारी लक्ष्यलाई बल पुग्ने गरी सिजनको आगमन बढ्दै गएको पर्यटन बोर्डले बताएको छ ।

यो वर्षको अझै दुई महिना समय बाँकी रहँदा नेपालको वर्षभरि (२०२२) को आगमन ६ लाख नाघ्ने अपेक्षा पर्यटन बोर्डको छ । पर्यटकीय सिजनका अझै दुई महिना समय बाँकी रहँदा बोर्डको लक्ष्य पूरा हुने अपेक्षा रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

 

  • प्रकाशित मिति : मंसिर ५, २०७९, सोमवार ०६:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८