मंसिर १, २०७९
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौँ उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला केही दिनमा उपत्यकाका मुख्य नाकाबाट बाहिरिनेको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वरलगायत स्थानमा टिकट काट्ने सर्वसाधारण दिनदिनै बढ्दै गएका छन् । ट्राफिक प्रहरीले पछिल्ला दिन गाडी रिजर्भ गरेर जानेको सङ्ख्यासमेत बढेको जनाएको छ । निर्वाचन मुखमा विभिन्न राजनीतिक दलले मतदातालाई गाडी रिजर्भ गरेर लैजाने गरेको पाइएको छ ।
यातायात व्यवसायीका अनुसार हिजो बुधबार र आज बिहीबार काठमाडौँ उपत्यकाबाहिर जाने बस बढी मात्रमा रिजर्भ भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८