कात्तिक ३०, २०७९
भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसनले रक्सौल(काठमाडौँ रेलमार्गको ‘फाइनल लोकेसन सर्भेको काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ । कर्पोरेसनले गत वर्षदेखि काठमाडौं-रक्सौल रेलमार्गको सर्भे अध्ययन गरिरहेको छ । २०७८ साल असोज २२ गते नेपाल र भारतका उच्च अधिकारीबीच रक्सौल- काठमाडौँ रेलमार्गको फाइनल लोकेशन सर्वे भारतीय पक्षले गर्ने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।
यस अघि २०७७ साल फागुन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं( रक्सौल ब्रोडगेज रेलमार्ग निर्माणका लागि आवश्यक काम अघि बढाउन नेपाल र भारत सरकारबीच हुने समझदारीपत्र स्वीकृत गरेको थियो । सोही अनुसार असोजमा सम्झौता भएको हो ।
रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले कोंकण रेल्वे कर्पोरेसनले रक्सौल(काठमाडौँ रेलमार्गको भारतीय कम्पनीले फिल्ड सर्भेको काम सकेर रिपोर्टलाई अन्तिम रूप दिने काम गरिरहेको बताए । ुभारतीय कम्पनीलाई रेलमार्गको फिल्ड सर्भे र अन्तिम रिपोर्ट तयार पार्न १८ महिनाको समयसीमा तोकिएको थियो,ु उनले भने ुसम्भवतः अबको चार महिनाभित्र कर्पोरेसनले प्रतिवेदन बुझाउनेछ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८