• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मङ्सिर १५ गतेभित्र काठमाडौँमा मेलम्चीको पानी

  • खबरदाता

मङ्सिर १५ गतेभित्र काठमाडौँमा मेलम्चीको पानी

कात्तिक २९, २०७९

 

बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ।मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले आयोजनाको हेडवर्क्स क्षेत्रमा थुपारेको गेग्रान सोमबार हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले सुरुआत गरेको छ । वर्षा सुरु हुनुअघि गत जेठ दोस्रो सातादेखि नै आयोजनाको हेडवर्क्स क्षेत्रमा रहेको संरचना र सुरुङ जोगाउन आयोजनाले मेलम्चीको सुरुङमा पानी पथान्तरण कार्य रोकेको थियो।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्चीको सुरुङको मुख्य पोर्टल क्षेत्रमा कुनै पनि प्राविधिक समस्या नदेखिएको खण्डमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा मङ्सिर १५ गतेभित्रै ल्याउने बताए । ‘अहिले हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान८ देखि १० दिनभित्रै सफा गर्छौँ । आवश्यक अन्य काम सकेर मङ्सिर १५ गतेभित्रै मेलम्चीको पानी सुरुङमा खसाल्ने कार्यतालिका तय गरेका छौँ,’ उनले भने । आजको नागरिक दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : कात्तिक २९, २०७९, मंगलवार ०६:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८