कात्तिक २८,२०७९
चितवन -मधुमेह शिक्षा भोलिको सुरक्षा भन्ने नाराका साथ आज संसारभर विश्व मधुमेह दिवस मनाईएको छ । लायन्स क्लब अफ चितवन चौतारीले विश्व मधुमेह दिवसको अवसरमा आज प्रभातफेरी र निःशुल्क मधुमेह परिक्षण भरतपुर चौबिस कोठीमा सम्पन्न गरेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर का डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले मधुमेहलाई लायन्सले उच्च प्राथामिकतामा राखेको बताउदैै प्रचार प्रसार र चेतना अभिबृद्धिबाट यसलाई केही नियन्त्रण गर्न सकिने बताए । कार्यक्रममा पुर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठ, डिष्ट्रिकका सचिब राजेन्द्र गौतम, कोषाध्यक्ष शुरेशकुमार श्रेष्ठ, प्रभाकार पण्डित, नवराज सापकोटा, कमलप्रसाद श्रेष्ठ लगायतका लायनहरुको उपस्थिती रहेको थियो ।
शारिरिक ब्ययाम तथा खानपानमा सुधार नै मधुमेह नियन्त्रणको अचुक उपाय भएको भन्दै यसलाई जीवनपद्धती बनाउनुपर्ने फिजिसिएन डा महेन्द्र कुमार अग्रहरीले जोड दिए । बजार हल्लाको पछी नलागी बिशेषज्ञ चिकित्सकसँगको परामर्शमा रहन वहाँले आग्रह गरे ।
लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा अन्य १३ लायन्स क्लब सहभागी प्रभातफेरी चौबिसकोठीबाट शुरु भई जिल्ला प्रहरी कार्यालय, दुरसञ्चार रोड हुदै पुनः चौबिसकोठीमा पुगेर समापन भएको थियो । भरतपुर चौबिसकोठीमा आयोजित निःशुल्क मधुमेह जाँचमा २५० जना भन्दा बढि लायन तथा सर्वसाधरणहरुको रगत परिक्षण गरिएको थियो । कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन लालप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८