• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

म्याजिक र मोटरसाइकल ठक्कर खाँदा भरतपुरमा दुईको मृत्यु

  • खबरदाता

म्याजिक र मोटरसाइकल ठक्कर खाँदा भरतपुरमा दुईको मृत्यु

कात्तिक २५,२०७९

 

चितवन – म्याजिक र मोटरसाइकल ठक्कर खाँदा भरतपुरमा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर ५ बस्ने बर्ष ४० का यज्ञ शर्मा र म्याजिकमा सवार स्याङ्जाका २४ वर्षिय नबिन नेपाली रहेको प्रहरीले जनाएको छ।

शर्माको साँझ ८स्२५ बजे नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो भने नेपालीको अस्पताल लैजादै गर्दा साँझ ७स्३५ बजेनै मृत्यु भएको थियो।

प्रहरीका अनुसार बिहिवार साँझ ७स्२५ बजे भरतपुर १५ रामपुर कृषी क्याम्पस अगाडी भरतपुरबाट शारदानगर तर्फ आउदै गरेको ना१ज५६०५ नम्बरको म्याजिकले बिपरित दिशाबाट जादै गरेको ना३३प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा अन्य दुईजाना घाइते भएका छन। घाइते हुनेमा म्याजिकमा सवार भरतपुर २० बस्ने बर्ष २० को आशिष नेपालि र मोटरसाइकलमा पछाडी सवार भरतपुर ५ बस्ने बर्ष ३९ को श्याम खरेल रहेका छन।

  • प्रकाशित मिति : कात्तिक २५, २०७९, शुक्रवार ०७:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८