• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेन

  • खबरदाता

डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेन

कात्तिक २५, २०७९

मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा सञ्चालन गरेको एकरडेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशन ढिला गर्दा विद्यार्थी भने मारमा परेका छन् ।

जसका कारण मुलुककै जेठो र ठूलो विश्वविद्यालय प्रतिष्ठा गुमाउँदै छ । नेतृत्वदायी तहमा रहेका पदाधिकारी–कर्मचारीको ढिलासुस्ती तथा बेथितिका कारण त्रिविमा महिनौं दिनसम्म तालाबन्दीसमेत हुने गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले नतिजा सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । ९ बुँदे ज्ञापनपत्रमा ‘स्नातक तह प्रथम वर्षको १६ महिनाअघि लिइएको परीक्षाको नतिजा सार्वजनिक नहुनुको कारणसहित सात दिनभित्र प्रकाशित गर्न’ माग गरिएको छ । त्यस्तै, स्नातक तेस्रो र स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा प्रकाशन गर्नुपर्ने, बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसकेको र ट्रान्सक्रिप्ट तत्काल उपलब्ध गराउनुपर्नेलगायत माग अघि सारिएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७९, शुक्रवार ०६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८