कात्तिक २१,२०७९
नवलपरासी । नेपाली कांग्रेस, लुम्विनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उम्मेदवार बिनोद चौधरीको बिजयलाई सुनिश्चित बनाउन पार्टीका सम्पुर्ण सदस्यहरुलाई चुनावी मैदानमा उत्रिन आवहान गरेका छन ।
नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजीत पार्टी अगुवा कार्यकर्तासंगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले उक्त कुरा बताएका हुन।
खनालले आजसम्म पार्टी भित्र केही समस्या रहेको भएपनि अब सवै समस्या समाधान भएकोले नेपाली कांग्रेसको जित सुनिश्चित गर्न कार्यकर्तालाई निर्देशन दिए।
खनालले भने “विनोद चौधरी पार्टीको उम्मेदवार हो पार्टीको उम्मेदवारलाई बिजय गराउनु हाम्रो कर्तव्य हो यस पटक पार्टीलाई बिजयी गराएर कांग्रेसका सम्पुर्ण कार्यकर्ताले गैरभको अनभुती गर्नेछौ ।
कार्यक्रममा बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता र सरावल गाउंपालिका अन्तर्गतका अगुवा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यस अघी बिक्रम समुहले चौधरीलाई सहयोग नगर्ने आशंकाका विच खनाल खुलेर चौधरीलाई सहयोग गर्न लागेपछि आम कार्यकर्तामा उत्साह देखिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८