• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

गोपाल अश्कको नेतृत्वमा लघुकथा समाज

  • खबरदाता

गोपाल अश्कको नेतृत्वमा लघुकथा समाज

कात्तिक २१, २०७९

 

लघुकथा समाज, नेपालको वार्षिक साधारणसभाले लघुकथाकाररसाहित्यकार गोपाल अश्कलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शनिबार सम्पन्न समाजको १५औं साधारणसभाबाट संस्थाको उपाध्यक्षमा तुलसीहरि कोइराला, महासचिवमा सुमन सौरभ, कोषाध्यक्षमा छविरमण सिलवाल र सचिवमा श्रीबाबु कार्कीलाई निर्विरोध चयन गरिएको छ ।

यस्तै, सदस्यहरूमा सिन्धु गौतम, सुषमा मानन्धर, राजेश खनाल, नवराज रिजाल, रामप्रसाद पण्डित र तारा केसीलाई चयन गरिएको छ । प्रा.डा.लक्ष्मणप्रसाद गौतम, रामप्रसाद पन्त र अश्विनी कोइराला रहेको निर्वाचन समितिले निर्विरोध चयनको घोषणा गरेको हो ।

साधारणसभामा महासचिव कोइराला र कोषाध्यक्ष सौरभद्वारा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रममा निर्वाचन समितिका संयोजक प्रा।डा। लक्ष्मणप्रसाद गौतम, निवर्तमान अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र नवनिर्वाचित अध्यक्ष अश्कले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७९, सोमवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८