• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

माडीमा छोराले खुकुरी प्रहार गर्दा बाबु घाइते

  • खबरदाता

माडीमा छोराले खुकुरी प्रहार गर्दा बाबु घाइते

कात्तिक १४,२०७९

 

चितवन- चितवनमा छोराले गरेको खुकुरी प्रहारबाट बाबु घाइते भएका छन।

प्रहरीले जनाए अनुसार आइतबार राति साढे ११ बजेको समयमा माडी नगरपालिका -६ रामराज्यपुर स्थित आफ्नै घरमा ६५ वर्षिय राम बहादुर गुरुङलाई उनकै छोरा अन्दाजी २०र२२ को राजन गुरुङले खुकुरी प्रहार गरेका थिए।

घाइतेलाई राती २:४५ बजेको समयमा प्रहरी उद्घार गरि बगौडा अस्पतालमा सामान्य उपचार गरि थप उपचारको लागि चितवन मेडिकल कलेजमा पठाएको छ।

धारिलो हतियार प्रहार गर्ने राजन गुरुङ फरार रहेकोले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : कात्तिक १४, २०७९, सोमवार १२:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८