कात्तिक १४, २०७९
अन्तिम समयमा उडान रोकिँदा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाजबाट आइतबार दिउँसो भारतको नयाँ दिल्ली जान लागेका २५४ यात्रु अलपत्र परेका छन् । अलपत्र यात्रुमध्ये कतिपयलाई आइतबार नै अन्य एयरलाइन्सका जहाजमा पठाइएको र बाँकीलाई सोमवारको उडानबाट गन्तव्यमा पुर्याइने निगमले बताएको छ।
उडान रोकिएको विषयमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमबीच दोहोरी चलेको छ । प्राधिकरणले उडान तालिका स्वीकृत नगरी निगमले यात्रु उडाउन खोजेको दाबी गरेको छ। निगमले चाहिँ उडान तालिका प्राधिकरणमा पेस गरिसकेको र स्वीकृतिका लागि प्रयास जारी रहेको भन्दै यात्रु उडाउन खोजेको बताएको छ। प्राधिकरणले आइतबारदेखि विन्टर सेड्युल लागू गरेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८