कात्तिक २,२०७९
नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४५ लाख रुपैयाँभन्दा बढी जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४५ लाख ५५ हजार चार सय १४ रुपैयाँ जरिवाना ठहर भएका सप्तरी राजविराज नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–१४ बस्ने ३२ वर्षीय दीपेन्द्र तातेडलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ १७ गतेको फैसलाले ४५ लाख ५५ हजार चार सय १४ रुपैयाँ जरिवाना र १५ दिन कैद सजाया ठहर भएका तातेडलाई भोटेबहालबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पक्राउ उनले जनता बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा(नहुँदै झुक्यानमा पारेर बैंकिङजन्य कसुर गरेकाले उनलाई अदालतको आदेशअनुसार पक्राउ गरिएको हो । पक्राउ दीपेन्द्रलाई जिल्ला अदालत काठमाडौंको आदेशअनुसार कैद भुक्तानको लागि आज केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।
सहकारीबाट ऋण मिलाइदिने भन्दै ठगी गर्ने पक्राउ
प्रहरीले सहकारीबाट ऋण मिलाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण मिलाइदिन्छु भनी तीन लाख १२ हजार रुपैयाँ ठगी गर्ने ललितपुरका ५६ वर्षीय मणिकुमार थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८