• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • खबरदाता

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

कात्तिक २,२०७९

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा बुधबार दिउँसो जिप दुर्घटनामा परेको हो।

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङमा डिएसपी जागेश्वर भण्डारीले बताए।

भण्डारीका अनुसार थप विवरण आउँन बाँकी छ।

  • प्रकाशित मिति : कात्तिक २, २०७९, बुधवार १७:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८